०७ असार २०८३, आइतबार

सशस्त्र प्रहरी प्रवक्तामा कमलप्रसाद तिउसिना

सशस्त्र प्रहरी प्रवक्तामा कमलप्रसाद तिउसिना

सशस्त्र प्रहरी बल नेपालको प्रवक्ताको जिम्मेवारी कामु सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कमलप्रसाद तिउसिनालाई दिइएको छ । 

यसअघिका प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक मन्दिप श्रेष्ठले पदावधिका कारण अनिवार्य अवकाश पाएकाले तिउसिनालाई जिम्मेवारी दिइएको सशस्त्र प्रहरीले जनाएको छ । 

तिउसिनाको मोबाइल नम्बर ९८५१२७२००७ र इमेल ठेगाना [email protected] मा सम्पर्क गर्न सकिनेछ । 

संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्रभित्रका समाचारहरू तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरूलगायतका विभिन्न सूचनाहरू प्रवाह गर्ने जिम्मेवारी उनलाई दिइएको सशस्त्र प्रहरीले जनाएको छ । 

कमेन्ट गर्नुहोस्