०४ साउन २०८३, सोमबार

नयाँ शैक्षिक सत्रको पढाइ चुनावपछि मात्रै

फागुन ३, २०७८
नयाँ शैक्षिक सत्रको पढाइ चुनावपछि मात्रै

सरकारले  नयाँ  शैक्षिक  सत्रको  पढाइ  स्थानीय  तहको  चुनावपछि  मात्रै   सञ्चालन   गर्ने   तयारी   गरेको  छ  ।  

यस  विषयमा  शिक्षा  विज्ञान  तथा  प्रविधि  मन्त्रालयले  सरोकारवालासँग   छलफल   गर्न   लागेको छ ।

चालू  शैक्षिक  सत्रको  पढाइ  चैतसम्मै सञ्चालन गर्ने र परीक्षा सञ्चालन,  नतिजा  प्रकाशन,  नयाँ  विद्यार्थी  भर्ना  तथा  पाठ्यपुस्तक  वितरणलगायतका  काम  आगामी  वैशाखभित्र सम्पन्न गर्ने मन्त्रालयको योजना  छ  ।  

मन्त्रालयको  तयारी  अनुसार  नै  शैक्षिक  सत्रको  व्यवस्थापन  भयो  भने  निजी  विद्यालयमा अध्ययनरत विद्यार्थीको शुल्क  व्यवस्थापनमा  समस्या  आउने देखिन्छ ।

यो वर्षको शैक्षिक सत्र सकेर नयाँ  शैक्षिक  सत्रमा  विद्यालय  परिवर्तन  गर्ने  विद्यालयले  पुरानो  विद्यालयमा  कुन  महिनासम्मको  शुल्क तिर्ने भन्ने अन्योल देखिन्छ । गोरखापत्र दैनिकमा सूर्यप्रसाद पाण्डेले खबर लेखेका छन् ।

 

 

salt training

कमेन्ट गर्नुहोस्