०१ साउन २०८३, शुक्रबार

रेखा थापाले गरिन् गुपचुप बिहे

फागुन ३, २०७८
रेखा थापाले गरिन् गुपचुप बिहे

नायिका, निर्मात्री तथा निर्देशक रेखा थापाले हालै गुपचुप बिहे गरेको समाचार बाहिरिएको छ।

उनले हालै जाजरकोटका ४० वर्षीय बलराम शाही ठकुरीसँग काठमाडौं जिल्ला अदालतमा कोर्ट म्यारिज गरेको अदालत स्रोतले जनाएको छ।

फिल्ममा अभिनय गर्ने क्रममा निर्माता तथा वितरक छविराज ओझासँग प्रेम भएपछि उनीसँग लिभिङ टुगेदरको सम्बन्धमा रहँदै आएकी रेखाले १० वर्षअघि उनीसँगको सम्बन्ध अन्त्य गरेकी थिइन् ।

त्यसयता रेखा एकल जीवन बिताउँदै आएकी थिइन्। पछिल्लो समय उनी आमाका साथ बस्दै आएकी थिइन्।

रेखा केही समययता राजनीतिमा सक्रिय छिन् भने अमेरिकाबासी ४० वर्षीय शाही पर्यटन व्यवसायमा छन्। अन्नपूर्ण पोस्टमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्