०८ असार २०८३, सोमबार

सुकेटारमा तीन सातापछि उडान

फागुन ३, २०७८
सुकेटारमा तीन सातापछि उडान
तस्वीर सौजन्य : गोरखापत्र दैनिक

ताप्लेजुङको सुकेटार  विमानस्थलमा  तीन  सातापछि उडान  नियमित  सञ्चालन  भएको  छ ।

​ हिमपातसहित  प्रतिकूल  मौसमका  कारण अवरुद्ध बनेको उडान सोमबारदेखि सुरु भएको हो ।

निरन्तरको  हिमपात  र  वर्षासहित मौसम   प्रतिकूल   बनेपछि   गत   माघ १०  गते  सोमबारदेखि  उडान  अवरुद्ध बनेको  थियो ।  

ताप्लेजुङस्थित  नेपाल वायु  सेवा  निगमका  स्टेसन  इन्चार्ज लोकेन्द्र   लिम्बूका   अनुसार   मौसममा सुधार   आएसँगै   सोमबारदेखि   उडान सुरु  भएको  छ ।

 माघ  दोस्रो  सातापछि जिल्लामा   निरन्तर   बाक्लो   हिमपात भएको र सुकेटार विमानस्थलमा नै हिउँ परेपछि  तीन  सातासम्म  लगातार  उडान रद्द  गर्नुपरेको  स्टेसन  इन्चार्ज  लिम्बूले बताए ।

उनका अनुसार सोमबार काठमाडौँदेखि  १४  जना  यात्रु  लिएर आएको  निगमको  टि्वनअटर  जहाज ताप्लेजुङबाट  १७  जना  यात्रु  लिएर फर्किएको  छ । गोरखापत्र दैनिकमा चन्द्र पन्दाकले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्