
दाङ, लमही नगरपालिका-५, रातोडाँडाबाट एक थान चितुवाको छालासहित दुई जनालाई सोमवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा राजपुर गाउँपालिका-५, महसेनीखोला बस्ने ४३ वर्षीय राजकुमार पुन र तुलसीपुर उपमहानगरपालिका-११, बेलगडारी बस्ने २६ वर्षीय कृण्ण चौधरी छन् ।
वडा प्रहरी कार्यालय लमही र लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले शंकास्पद रुपमा हिँडिरहेका उनीहरूलाई जाँच गर्दा उक्त छालासहित फेला पारी पक्राउ गरेको हो ।
दुवै जनालाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि डिभिजन वन कार्यालय लमहीमा बुझाइएको छ ।