२३ असार २०८३, मंगलबार

अमेरिकाले युक्रेनमा रहेको दूतावासको कम्प्युटर किन फुटाउन लगाएको हो ?

फागुन ३, २०७८
अमेरिकाले युक्रेनमा रहेको दूतावासको कम्प्युटर किन फुटाउन लगाएको हो ?

अमेरिकाका परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केनले युक्रेनको राजधानी किएभमा रहेको अमेरिकी दूतावासबाट कूटनीतिकर्मीहरूलाई अन्यत्रै सार्न थालिएको जानकारी सोमवार दिएका छन् । 

उनीहरूलाई पोल्यान्डको सीमा नजिक रहेको लभिभ शहरमा लगिएको उनले बताए । रुसले युक्रेनमाथि कुनै पनि समयमा आक्रमण गर्न सक्ने भनी अमेरिकाले यस्तो कदम चालेको हो । 

दूतावास सारे पनि युक्रेन सरकारसँग सम्पर्क राखिरहने र युक्रेनलाई गरेको प्रतिबद्धता पूरा गर्ने उनले बताए । 

पूर्वसतर्कताका लागि कूटनीतिकर्मीहरूलाई दूतावासमा रहेका कम्प्युटरहरू र नेटवर्किङ उपकरणहरू ध्वस्त गर्न लगाइएको छ । अनि फोन सिस्टम पनि भत्काइएको अमेरिकी अधिकारीहरूले द वाल स्ट्रीट जर्नललाई बताए । 

अमेरिकाले युक्रेनलाई १ अर्ब डलरको ऋण सहयोग पनि उपलब्ध गराउन लागेको फक्स न्युजलाई एक स्रोतले बताएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्