०३ असार २०८३, बुधबार

चुनावमा भोट दिएर जिताए घ्यु र तेल निःशुल्क पाइने !

फागुन ३, २०७८
चुनावमा भोट दिएर जिताए घ्यु र तेल निःशुल्क पाइने !

मतदातालाई आफ्नो पक्षमा पार्न राजनीतिक दलले अनेक प्रतिवद्धता गर्छन् । यतिबेला भारतको उत्तर प्रदेशमा जारी विधानसभा चुनावमा समेत यस्तै दृश्य देखिएको छ ।

चुनावमा होमिएका समाजवादी पार्टी (सपा) प्रमुख अखिलेश यादवले आफ्नो पार्टीले चुनाव जितेमा मतदातालाई घ्यु र तेल निःशुल्क दिने घोषणा गरेका छन् ।

फतेहपुरको एमआईसी मैदानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यादवले प्रविधिको क्षेत्रमा प्रदेशभर २२ लाख युवालाई रोजगारी दिने प्रतिवद्धता व्यक्त गरे ।

मुख्यमन्त्री योगी आदित्यनाथले निःशुल्क ल्यापटप वितरण गर्ने योजना ल्याएकोप्रति व्यंग्य गर्दै यादवले भने, ‘बाबा आफैं नै ल्यापटप चलाउन सक्दैनन्, के बाँड्लान् ?’

salt training

कमेन्ट गर्नुहोस्