०१ साउन २०८३, शुक्रबार

प्रहरी प्रशिक्षण प्रतिष्ठानमा जुडो आधारभूत तालिम समापन

प्रहरी प्रशिक्षण प्रतिष्ठानमा जुडो आधारभूत तालिम समापन

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा गत साउन १० गतेबाट सञ्चालित प्रहरी जवान ८२औं समूहको ‘जुडो आधारभूत तालिम मंगलवार समापन भएको छ ।

प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक निरजबहादुर शाहीको प्रमूख आतिथ्यतामा एक कार्यक्रमबीच तालिम समापन भएको हो ।

कार्यक्रममा प्रमुख अतिथिले प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरी निर्देशन सम्बोधन समेत गरेका थिए भने तालिम संयोजक प्रहरी निरीक्षक विमलाकुमारी कठायतले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

प्रशिक्षक तथा प्रशिक्षार्थीबाट जुडो सम्बन्धी विभिन्न किसिमका कलात्मक सीपहरू समेत प्रदर्शन गरिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्