०८ असार २०८३, सोमबार

मोरङमा प्रजातन्त्र दिवस भव्य रूपमा मनाइने

मोरङमा प्रजातन्त्र दिवस भव्य रूपमा मनाइने

राष्ट्रिय प्रजातन्त्र दिवस ३ दिनसम्म भव्यताका साथ मनाइने भएको छ ।

प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको संयोजकत्वमा गठित समितिले फागुन ६, ७ र ८ गते जिल्लाका विभिन्न स्थानमा दीपावली, रक्तदान, सरसफाइ, फलफूल वितरण, अन्तरसंवाद र राष्ट्रिय झण्डा फहराएर मनाउने निर्णय गरेको छ । 

समितिले फागुन ६ गते विराटनगर लगायत अन्य ठाउँमा सरसफाइ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । ३ दिनसम्म सबै सरकारी कार्यालय, संघ, संस्थालगायत महानगरका विभिन्न सार्वजनिक स्थलमा राष्ट्रिय झण्डा फहराउने निर्णय गरिएको छ ।

फागुन ७ गते विराटनगरस्थित वृद्धाश्रम, अनाथालय र मानव सेवा आश्रममा फलफूल वितरण र साँझ दीपावली तथा फागुन ८ गते अस्पतालमा रक्तदान गर्ने निर्णय गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्