०९ साउन २०८३, शनिबार

ग्यास,पेट्रोल र डिजेलको मूल्य घट्यो, कसको मूल्य कति ?

कात्तिक २०, २०७४
ग्यास,पेट्रोल र डिजेलको मूल्य घट्यो, कसको मूल्य कति ?
काठमाडौं, १८ असार –सरकारले खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ घटाएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा पनि प्रतिलिटर २ रुपैयाँ मूल्य घटाएको छ ।

त्यस्तै, हवाई इन्धनमा पनि प्रतिलिटर ४ रुपैयाँ मूल्य घटाइएको छ ।

यो मूल्य सोमवारदेखि लागू हुने निगमका प्रवक्ता सिताराम पोखरेलले बताए ।

नयाँ मूल्यअनुसार, अब प्रतिसिलिण्डर ग्यासको मूल्य १ हजार ३ सय ५० रुपैयाँ पर्नेछ । हाल प्रतिसिलिण्डर ग्यासको मूल्य १ हजार ३ सय ७५ रुपैयाँ छ ।

त्यस्तै, नयाँ मूल्य अनुसार, प्रतिलिटर पेट्रोलको मूल्य ९८ रुपैयाँ, डिजेलको मूल्य ७४ रुपैयाँ मट्टीतेलको मूल्य ७६ रुपैयाँ पर्नेछ । त्यस्तै, हवाई इन्धन (आन्तरिकतर्फ) ८२ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ ७३ रुपैयाँ पर्नेछ ।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा आएको गिरावटसँग भारतबाट आयात हुने इन्धनको मूल्यमा पनि गिरावट आएपछि निगमले मूल्य समायोजन गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्