
दस हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउनका लागि बहुउद्देश्यीय हाई ड्यामको विस्तृत परियोजना काम सुरु भएको छ ।
बृहत् दाङ उपत्यका आयोजनामार्फत ग्वार खोला विस्तृत परियोजनाको काम सुरु गरिएको हो ।
दाङ उपत्यकामा बग्ने खोलामध्ये हाल सबैभन्दा बढी क्षेत्रमा सिँचाइ सुविधा पुर्याइरहेको ग्वार खोला हो ।
यो खोलाको मुहान क्षेत्र सल्यान र रोल्पाको दक्षिणी क्षेत्रमा रहेको छ । बृहत् दाङ उपत्यका आयोजनामार्फत तुलसीपुर उपमहानगरपालिका–१९ को सुँगुर खोला क्षेत्रको दुई सय मिटर दक्षिणतर्फको क्षेत्रमा हाई ड्याम निर्माणका लागि प्रारम्भिक सर्भे गरी विस्तृत परियोजना विवरणको काम केन्द्रमार्फत भइरहेको छ । गोरखापत्र दैनिकमा खबर छ ।