कात्तिक २१, २०८०
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
फागुन ४, २०७८
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)लाई संसदमा टेबुल गराउने तयारी सरकारले गरेको छ ।
सत्तारुढ दलहरूबीच नै कुरा मिल्न नसकिरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाको जोडबलमा एमसीसी सम्झौतालाई संसदमा टेबुल गराउने तयारी भएको हो ।
केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले नै एमसीसी सम्झौता अनुमोदनका लागि संसद् सचिवालयमा दर्ता गराएको थियो ।
तत्कालीन सत्तारुढ नेकपा र हालको सरकारका सत्ता साझेदार दलहरू नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीको असहमतिका कारण सम्झौता संसद् बैठकमा पेश हुन सकेको थिएन ।
एमसीसी मुख्यालयले फागुन १६ भित्र निर्णय लिन दबाब दिएपछि प्रधानमन्त्री देउवा एमसीसी पारित गर्न हतारिएका हुन् ।
संसद् सचिवालयले मंगलवार प्रकाशित गरेको सम्भावित कार्यसूचीमा एमसीसी टेबुल गर्ने विषय समावेश गरिएको छैन ।
आज बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकपछि कार्यसूचीमा समावेश गर्ने तयारी रहेको सचिवालय स्रोतले बतायो ।
‘हामीले आन्तरिक तयारी गरेका छौं, कार्य व्यवस्थामा सहमति भयो भने बैठकभन्दा १५ मिनेटअघि नयाँ कार्यसूची प्रकाशित हुन्छ,’ सचिवालयका एक अधिकारीले लोकान्तरसँग भने ।
पहिलै कार्यसूचीमा प्रकाशित गर्दा विवादित हुने भएकाले यस्ता विषय अन्तिम समयमा कार्यसूचीमा समावेश गर्ने गरिएको सचिवालयका अधिकारीहरू बताउँछन् ।
कार्यव्यवस्था समितिको बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको छ ।
तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले संसदमा दर्ता गरेको एमसीसी सम्झौता संसदमा पेश गर्न वर्तमान अर्थमन्त्री जनार्दन शर्माले अस्वीकार गरेपछि कानून मन्त्रीलाई पेश गर्न लगाउने तयारी छ ।
१ बजेका लागि बोलाइएको संसद् बैठकअघि धारणा बनाउन नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेको छ ।
यथास्थितिमा एमसीसी पारित गर्न नसकिने अडानमा रहेको (माओवादी केन्द्र)ले आजको बैठकमै नजाने वा गएर बहिस्कार गर्नेमध्ये एक निर्णय लिने सम्भावना रहेको स्रोतको दाबी ।
सरकारले ल्याएको प्रस्ताव असफल बनाउन भूमिका खेलेपछि सरकार नै छाड्नुपर्ने नैतिक दबाब पनि माओवादी सामु छ ।
अर्को सत्ता साझेदार दल एकीकृत समाजवादी पनि यथास्थितिमा एमसीसी पारित नगर्ने पक्षमा छ ।
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
जाजरकोट भूकम्पले दुई मानवीयसँगै ठूलो भौतिक संरचनामा क्षति पुर्यायो । सयौँ घरबारविहीन भए । प्रभावित क्षेत्रका नागरिकका लागि यो तिहार खल्लो भएको छ । उनीहरूको तिहार मनाउने सपना यसपटक पूरा हुन सकेन । ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...