१४ असार २०८३, आइतबार

रोङ गाउँपालिकामा काँग्रेस विजयी

कात्तिक २०, २०७४
रोङ गाउँपालिकामा काँग्रेस विजयी

इलाम, १८ असार - रोङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएका छन् ।

अध्यक्षमा शमशेर राईले तीन हजार ९८५ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का बृहस्पति खतिवडाले तीन हजार ६७२ मत प्राप्त गर्नुभयो ।

त्यस्तै उपाध्यक्षमा चन्द्रकला राईले चार हजार १०२ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेकै विष्णुमाया भुजेलले तीन हजार ६६७ मत प्राप्त गर्नुभयो ।

रोङ गाउँपालिकाको वडा नं २, ३ ४ र ६ मा काँग्रेस तथा १ र ५ मा एमाले विजयी भएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्