×

NMB BANK
NIC ASIA

नयाँ शैक्षिक सत्र आगामी जेठ १ देखि सञ्चालन गर्ने निर्णय

फागुन ४, २०७८

NTC
Premier Steels

शिक्षा मन्त्रालयले विद्यालयतहको नयाँ शैक्षिक सत्र आगामी जेठ १ देखि सञ्चालन गर्ने निर्णय गरेको छ । वैशाख महिनाभित्र परीक्षा सकिसक्ने तथा सोही महिनामा भर्ना कार्यक्रम पनि सकेर जेठ १ देखि कक्षा सञ्चालन गर्ने निर्णय भएको हो ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक सत्र २०७९ को चैत्र मसान्त सम्मको पुरै अवधि विद्यालयले नियमित रूपमा पठन पाठन संचालन गर्न निर्देशन दिएको छ । विद्यालयले लिने कक्षा १० सम्मका सबै प्रकारका परीक्षाहरू २०७९ वैशाखमा मात्र संचालन गर्ने र नतिजा प्रकाशनको काम समेत बैशाख महिना भित्रै सक्नुपर्ने केन्द्रको निर्णय छ ।

Muktinath Bank

यस्तै माध्यमिक शिक्षाको कक्षा १० को परीक्षा वैशाख ९ गतेदेखि सञ्चालन गर्ने गरी कार्यतालिका यसअघि नै सार्वजनिक भईसकेको छ । यही अवस्थालाई समेत विचार गरी स्थानीय तहले कक्षा आठको परीक्षा समेत  वैशाखमा अनुकुल समयमा सञ्चालन गर्नुपर्ने केन्द्रको निर्णय छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केन्द्रको निर्णयमा भनिएको छ, ‘विद्यालयले शैक्षिक सत्र २०७९ को नयाँ भर्ना समेत वैशाख महिनामा नै शुरू गर्ने,  २०७९ जेष्ठ १ गते देखि नियमित पठन पाठन गर्ने र २०७९ चैत्र मसान्तभित्र राष्ट्रिय पाठयकम प्रारूपले निर्दिष्ट गरे बमोजिम पाठ्यघण्टा अनुसारको पठन पाठन तथा सिकाइ क्रियाकलाप एवम् परीक्षा र मूल्याङ्कनका कार्यहरू सकिने गरी विद्यालयले स्थानीय तहसँगको समन्वयमा वार्षिक शैक्षिक कार्यतालिका तय गरी कार्यान्वयन गर्ने ।’


Advertisment
Nabil box
Kumari

 कोभिड १९ को संक्रमण तीव्ररूपमा फैलिरहेको अवस्थालाई दृष्टिगत गरी माघ महिनाभर देशभरका सबै विद्यालयहरू बन्द रहेकोले शैक्षिक सत्र २०७८ को बाँकी अवधिको पठन पाठन, शैक्षिक सत्र २०७९ को नयाँ विद्यार्थीलगायतका सन्दर्भमा नयाँ निर्णय आएको हो। 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

जेठ १, २०८१

सरकारले आगामी पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षा प्राप्त हुने सुनिश्चितता गरेको छ । आर्थिक वर्ष २०८१/८२ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विद्याल...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

जेठ ४, २०८१

वरिपरि बोर्डिङ स्कूल नभएका होइनन् । देशकै पहिलो बोर्डिङ स्कूल मानिने त्रिभुवन आदर्श माध्यमिक विद्यालय पनि नजिकै छ तर भाषा पाठशालाका रूपमा फर्पिङमा एक सय चार वर्षअघि स्थापना भएको फर्पिङ माध्यमिक विद्यालयमा विद्यार्थ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x