
भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो टी-ट्वान्टीमा जित निकालेको छ ।
कोलकत्तामा बुधबार राति भएको खेलमा भारतले वेस्ट इन्डिजलाई ६ विकेटले हराएको हो ।
वेस्ट इन्डिजले दिएको १ सय ५८ रनको लक्ष्य भारतले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।
यस जितसँगै भारतले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।