
नेकपा एमालेकी पोलिटब्युरो सदस्य एवम् सचेतक शान्ता चौधरीले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले राजनीतिकै बेइज्जत गरेको टिप्पणी गरेकी छन् ।
एमसीसीको विरुद्धमा आन्दोलनमा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेता कार्यकर्ता सडकमा आएपछि पोलिटब्युरो सदस्यले यस्तो टिप्पणी गरेकी हुन् ।
उनले सामाजिक सञ्जाल फेसबूकमा लेख्दै सत्ता, सडक र सदन सबै एकैचोटी चाहिने भन्दै प्रश्न समेत गरेकी छन् ।
उनले भनेकी छन्,सत्ता, सडक र सदन सबै चाहिने एकै चोटी? दोहोरो चरित्रको पराकाष्टा भयो, कि सत्ता छाड्नुस् कि सडक, राजनीतिकै बेइज्जत भयो ।'
उनले माओवादी केन्द्र र एकीकृत समाजवादीको नाम उल्लेख नगरी यस्तो लेखेकी हुन् ।