२९ जेठ २०८३, शुक्रबार

आफ्नै आमाको हत्या आरोपमा छोरासहित ४ जना कारागार चलान

आफ्नै आमाको हत्या आरोपमा छोरासहित ४ जना कारागार चलान

पाल्पामा आफ्नै आमाको हत्यामा संलग्न भएको आरोपमा छोरासहित पक्राउ परेका चार जना पुर्पक्षको लागि कारागार चलान भएका छन् ।

जिल्ला अदालत, पाल्पाले पुर्पक्षका लागि चारै जनालाई कारागार चलान गरेको छ ।

तानसेन नगरपालिका–६, स्कुलडाँडाकी ६५ वर्षीया वृद्धा सरस्वतीदेवी घर्ती हत्यामा उनीहरू संलग्न भएको अदालतको ठहर छ । 

हत्यामा संलग्न पाल्पाको तानसेन वडा नम्बर ६ बस्ने ४२ वर्षका कमलबहादुर घर्ती, तानसेन वडा नम्बर ७, का ३१ वर्षका विजय परियार, रिब्दीकोट वडा नम्बर ४ घर भई तानसेन वडा नम्बर ६ बस्ने २३ वर्षका हरि सुनार र बगनासकाली वडा नम्बर ६ भई हाल तानसेन वडा नम्बर ६ मा बस्ने २७ वर्षका सुनील परियारलाई कारागार चलान भएका हुन् । कमलबहादुर सरस्वतीको छोरा हुन् । 

गएको पुस २३ गते सरस्वती घर्ती घर नजिकैको जंगलमा मृत भेटिएकी थिइन् । सोही दिन नै चार जना मिलेर महिलाको हत्या गरिएको अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए । 

प्रहरीले पक्राउ गरेर ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान गर्दा प्रतिवादीहरूले हत्या गरेको स्वीकार गरेकाले त्वाँतीले जानकारी दिए । मृतकका कान्छो छोरा गणेशबहादुर थापाले दिएको किटानी जाहेरीको आधारमा उनीहरु पक्राउ परेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्