०४ असार २०८३, बिहीबार

छुट्टाछुट्टै दुर्घटनामा ७ जनाको मृत्यु

छुट्टाछुट्टै दुर्घटनामा ७ जनाको मृत्यु

रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ स्थित सडकमा रा१त १५६३ नम्बरको ट्रयाक्टर गिट्टी उठाएर ब्याक गर्ने क्रममा पल्टिएर बुधवार दिउँसो दुर्घटना हुँदा गिट्टी उठाउने काम गर्ने सोही ठाउँ बस्ने ४५ वर्षीय प्रेम परियारको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल रुकुम पूर्वमा उपचारको क्रममा मृत्यु भएको हो ।

ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

अछामको रामारोशन गाउँपालिका–५ स्थित सडकमा सुदूरपश्चिम प्रदेश ०१–००२ त ५१७० नम्बरको ट्रयाक्टरले किच्दा सोही ठाउँ बस्ने अम्मरबहादुर साउँदको छोरा ९ महिनाको खेमराज साउँदको बुधवार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

हुम्लाको ताजाकोट गाउँपालिका–२ कवाडी बजारस्थित सडकमा कर्णाली प्र–०२००१ ज ००४५ नम्बरको बलेरो जीपको ठक्करबाट सोही गाउँपालिका–२ मैला बस्ने सुर्जबिर लुहारको छोरा अन्दाजी ६ वर्षीय मनिष लुहारको बुधवार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

कैलालीको धनगढी उपमहानगरपालिका–१३ स्थित सडकमा से५प ३९४२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई बुधवार राति दुर्घटना हुँदा मोटरसाइकल चालक गोदावरी नगरपालिका–५ बस्ने ३१ वर्षीय दलबहादुर भट्टराईको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 

सिन्धुलीको सुनकोशी गाउँपालिका–१ देबी स्थानस्थित सडकमा प्र.३–०१–००३ क ५२५८ नम्बरको टिप्परको ठक्करबाट सोही ठाउँ बस्ने ४५ वर्षीय टिकाराम शिवभक्तिको बुधवार साँझ मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

पाल्पाको रामपुर नगरपालिका–४ स्लामपुरस्थित सडकमा प्रदेश ३–०२–००८ प २९८५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई बुधवार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका–४ भिमसेन टोल बस्ने ४२ वर्षीय प्रेमबहादुर सार्कीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको रामपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक रामपुर नगरपालिका–५ बेझाड बस्ने ३५ वर्षीय जीवन श्रेष्ठलाई सोही अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको प्रहरीले जनाएको छ । 

महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरस्थित सडकमा स१च १३९३ नम्बरको एम्बुलेन्सको ठक्करबाट साइकल यात्री गौशाला नगरपालिका–११ बस्ने ३५ वर्षीय तेजनारायण महतोको बुधवार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्