×

NMB BANK
NIC ASIA

कान्तिभैरव माविमा प्रमाणपत्रको मनपरी शुल्क असुलेकोप्रति विद्यार्थीको आपत्ति

फागुन ५, २०७८

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

कागेश्वरी मनोहरा नगरपालिका–५ स्थित कान्तिभैरव माध्यमिक विद्यालयले प्रमाणपत्र र चारित्रिक प्रमाण पत्रको मनपरी शुल्क उठाएको भन्दै विद्यार्थीले आपत्ति जनाएका छन् ।
 
१० जोड २ उत्तीर्ण गरेका विद्यार्थीसँग विद्यालयले प्रमाणपत्रको १ हजार ५०० र चारित्रिक प्रमाणपत्रको ४ हजार रुपैयाँ असुल्ने गरेको विद्यार्थीको आरोप छ ।

Muktinath Bank

छात्रा नीरा राईले शुल्क तिर्दा विद्यालयले बिलसमेत नदिएको गुनासो गरिन् । विद्यालयका लेखापाल दीपेन्द्र सिम्खडा भने प्रमाणपत्रको राष्ट्रिय परीक्षा बोर्डमा १ हजार १०० बुझाउनुपर्ने र भाडाबापत ४०० रुपैयाँ बढी लिएको बताउँछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चारित्रिक प्रमाणपत्रको भने विद्यालय व्यवस्थापन समितिले नै ४ हजार रुपैयाँ लिने निर्णय गरेको उनको दाबी छ । सामुदायिक विद्यालयमा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क भनिए पनि विद्यालयले मनपरी शुल्क असुल्ने गरेका छन् ।


Advertisment
Nabil box
Kumari

विद्यालयका प्रधानाध्यापक तीर्थराज कोइरालाले ११ र १२ कक्षा चलाउन शिक्षक कोटा एवं स्रोत नभएकाले विद्यार्थीसँग बढी शुल्क लिनुपरेको बताए । स्थानीय तह सञ्चालन ऐन २०७४ ले माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापनको अधिकार स्थानीय सरकारलाई नै दिएको छ ।

Vianet communication
Laxmi Bank

विक्रम संवत् २०७४ देखि ११ र १२ कक्षा शुरू गरेको विद्यालयलाई प्रत्येक वर्ष ३ लाख रुपैयाँ घाटा भएको उनको भनाइ छ । नगरपालिकाले ११ र १२ कक्षा चलाउन जोड गरे पनि सहयोग भने नगरेको विद्यालयले जनाएको छ । 

नगरपालिकाका प्रवक्ता राजाराम पुडासैनीले विद्यालयलाई सहयोग गर्दै आएको बताए । प्रमाणपत्रको शुल्क नगरपालिका भित्रका विद्यालय कसैले ५०० रुपैयाँ र कोहीले ५ हजार ५०० रुपैयाँभन्दा बढी लिने गरेको उनले सुनाए । शुल्क तिर्न नसक्ने विद्यार्थीलाई निवेदनका आधारमा नगरपालिकाले सहुलियत दिँदै आएको छ ।

विद्यालयले ११ र १२ कक्षामा १६ हजार रुपैयाँ शुल्क लिएर पढाउने गरेको जनाएको छ । विद्यालयमा ११ र १२ कक्षामा शिक्षाशास्त्र तथा व्यवस्थापन संकाय सञ्चालनमा छ ।
    
नगरपालिकाका शिक्षा शाखाका कार्यवाहक प्रमुख विमलप्रसाद निरौलाले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क भएकाले शुल्क लिन नपाइने बताए । कान्तिभैरवमा प्रमाणपत्र र चारित्रिक प्रमाणपत्रकै शुल्क लिएका सन्दर्भमा जिज्ञासा राख्दा उनले अनुगमन गरेर निर्देशन दिने बताए ।

विगतमा पनि यस्ता गुनासा आउने गरेको शिक्षा शाखाले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...

कात्तिक १९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् ।  त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...

चैत ६, २०८०

सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...

असोज २७, २०८०

काठमाडौं महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय स्थापनाको ७५औं वर्ष पूरा भएको छ । देशका विभिन्न सामुदायिक विद्यालयमध्ये अग्रणी शैक्षिक संस्थाका रुपमा चिनिएको शिवपुरीले शनिवार स्थापना दिवसका साथै हिरक (७५ ...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

मंसिर २९, २०८०

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् ।  दिक्तेल रु...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x