२४ जेठ २०८३, आइतबार

बसको ठक्करबाट २ पैदल यात्रुको मृत्यु

बसको ठक्करबाट २ पैदल यात्रुको मृत्यु

काठमाडौंको बालाजुमा बसको ठक्करबाट २ पैदल यात्रुको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित गंगा हल अगाडि बिहीवार बसको ठक्करबाट नुवाकोटका १८ वर्षीय विकास तामाङ र बालाजु सुकुम्बासी बस्तीकी ५० वर्षीया दुर्गामाया थापाको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते तामाङ र थापाको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । 

तामाङ र थापालाई ठक्कर दिने बसका चालक फरार छन् । उनको खोजी भइरहेको मिश्रले बताए ।

salt training

कमेन्ट गर्नुहोस्