०३ असार २०८३, बुधबार

ताप्लेजुङका २१ विद्यालयमा नयाँ पक्की भवन बन्ने

ताप्लेजुङका २१ विद्यालयमा नयाँ पक्की भवन बन्ने
प्रतिकात्मक तस्वीर

हिमाली जिल्ला ताप्लेजुङमा २१ जीर्ण सामुदायिक विद्यालयको पक्की भवन बन्ने भएको छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत विद्यालयका ४ र २ कोठे पक्की भवन बन्न लागेका हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलवार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत पूर्वाधार संरचना निर्माण तथा आईसीटी ल्याब व्यवस्थापन कार्य गर्ने गरी देशभरका विद्यालयलाई छनोट गरेको छ ।

मन्त्रालयको छनोटमा परेकामध्ये भवन संरचना अभाव रहेका ताप्लेजुङका २१ वटा विद्यालयको पक्की भवन बन्ने भएको हो ।

जिल्लाका १२ विद्यालयको ४ कोठे र ९ वटा विद्यालयको २ कोठे भवन बन्ने भएको छ । जसमा मेरिङ्देन गाउँपालिकामा सिंहकाली माध्यमिक विद्यालय, सुर्के माध्यमिक विद्यालय र जालपा आधारभूत विद्यालयको ४ कोठे पक्की भवन बन्ने भएको छ । 

मैवाखोला गाउँपालिकामा महेन्द्र माध्यमिक विद्यालय, आठराई त्रिवेणी गाउँपालिकामा सरस्वती माध्यमिक विद्यालय र जलकन्या आधारभूत विद्यालयको ४ कोठे भवन बन्ने भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्