२६ जेठ २०८३, मंगलबार

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बैतडीका ७४ विद्यालय छनोट

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बैतडीका ७४ विद्यालय छनोट
प्रतिकात्मक तस्वीर

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि जिल्लाका ७४ विद्यालय छनोट भएका छन् ।

चालू आर्थिक वर्षमा सिफारिस भएका ३५६ विद्यालयमध्ये ७४ सार्वजनिक विद्यालय छनोट भएका शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख नरेन्द्र अवस्थीले जानकारी दिए ।

छानिएका विद्यालयमध्ये आईसीटी ल्याब व्यवस्थापन  ३३, २ कोठे भवन ३२, ४ कोठे भवन ८ र १ प्राविधिक ल्याब निर्माण गरिनेछन् । जसमध्ये पाटन नगरपालिकामा सबैभन्दा बढी विद्यालय भवन निर्माण हुने भएका छन् । 

दोगडाकेदार गाउँपालिकामा २ विद्यालयको ४ कोठे भवन, ४ विद्यालयको २ कोठे भवन र ३ विद्यालयमा आईसीटी व्यवस्थापन तथा सिगास गाउँपालिकाको ७ विद्यालयमा २ कोठे भवन र २ विद्यालयमा आईसीटी ल्याबको व्यवस्था गरिने इकाईले जनाएको छ ।

पुर्चौडी नगरपालिकाको १ विद्यालयको ४ कोठे भवन, १ विद्यालयको २ कोठे भवन र ६ विद्यालयमा आईसीटी ल्याबको व्यवस्था गरिने भएको छ । दशरथचन्द नगरपालिकाको १ विद्यालयमा ४ कोठे भवन, २ विद्यालयमा २ कोठे भवन, ४ विद्यालयमा आईसीटीको व्यवस्था गरिने भएको छ ।

मेलौली नगरपालिकाको ७ विद्यालयमा ४ कोठे र २ कोठे भवन, ४ आईसीटी ल्याब, १ प्राविधिक ल्याब बनाइने भएको छ भने डिलाशैनी गाउँपालिकाको १ विद्यालयमा ४ कोठे भवन, २ विद्यालयमा २ कोठे भवन र ३ विद्यालयमा आईसीटी ल्याब निर्माण गरिने भएको भने शिवनाथ गाउँपालिकाको ४ विद्यालयमा  २ कोठे भवन र ३ आईसीटी ल्याब निर्माण गरिने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्