२५ जेठ २०८३, सोमबार

प्रचण्डलाई भेट्न राजेश पायल राई, सन्दीप क्षेत्री लगायत कलाकार खुमलटारमा

प्रचण्डलाई भेट्न राजेश पायल राई, सन्दीप क्षेत्री लगायत कलाकार खुमलटारमा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न कलाकारहरू दाहाल निवास खुमलटार पुगेका छन् ।

गायक राजेश पायल राई, कलाकार सन्दीप क्षेत्री, चेतन सापकोटा, रीता सिवाकोटी, करिश्मा ढकाल र गायिका कल्पना दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए ।

उनीहरूले अलग–अलग समयमा प्रचण्डलाई भेटेर आफ्ना कुरा राखेका प्रचण्डका स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन् ।

प्रचण्डसँग उनीहरूले खुलेर आफ्ना कुरा राखेका दाहालले फेसबूकमा लेखेकी छिन् । कलाकारहरू कुन सन्दर्भमा प्रचण्डलाई भेट्न गएका हुन् भन्ने खुलाइएको छैन । 

salt training

कमेन्ट गर्नुहोस्