
आशा चोपडा २० वर्षकी भइन् । उनी मासिक ६–८ लाख रुपैयाँ कमाउँछिन् ।
उनी कुनै व्यापार–व्यवसाय गर्दिनन् । प्रेम गर्छिन् र पैसा कमाउँछिन् ।
आर्थिक रूपमा धनी रहेका ३ व्यक्तिसँग आशा प्रेम सम्बन्धमा छिन् । उनी एकैसाथ ३ व्यक्तिकी प्रेमिका रहेकी छन् ।
धनीकी प्रेमिका बनेबापत उनलाई प्रेमीहरूबाट आर्थिक लाभ मिल्ने गरेको छ ।

आशाले १८ वर्षको उमेरदेखि प्रेमीको खोजी शुरू गरेकी हुन् । यसका लागि उनले केही वेबसाइटको पनि सहयोग लिइन् ।
उनी जागिरमा हुँदा दैनिक १० हजार रुपैयाँ कमाउँथिन् । तर उनले केही व्यक्तिसँग कुरा गर्दा १० मिनेटमै १५ हजार रुपैयाँ बढी कमाउन थालिन् । त्यसपछि उनले धनी प्रेमी खोजेर टन्न पैसा कमाउन सकिने उपाय सोचिन् ।