२९ जेठ २०८३, शुक्रबार

राखेपको कार्यकारी अधिकारप्राप्त थापाले गरे पदबहाली

राखेपको कार्यकारी अधिकारप्राप्त थापाले गरे पदबहाली

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कार्यकारी अधिकारको जिम्मेवारी पाएका कूलबहादुर थापाले राखेप सदस्य सचिवको अनुपस्थितिमा रोकिएका सबै कामलाई अगाडि बढाउने बताएका छन् ।

बिहीवार पदबहाली गर्ने क्रममा थापाले सो कुरा बताएका हुन् ।

‘अहिलेको टड्कारो आवश्यकता भौतिक पूर्वाधार हो । जुन ठप्प छन्, तीलाई अगाडि बढाउँछु,’ पदबहाली गर्ने क्रममा थापाले भने, ‘एसियाली खेलकुद र नवौं राष्ट्रिय खेलकुदका लागि शुरू हुनुपर्ने खेलाडीको प्रशिक्षण र पूर्वाधारका काम पनि सबै अगाडि बढाउँछु । सदस्य सचिवको अनुपस्थितिमा थाती रहेका सबै काम अगाडि बढाउँछु ।’

थापाले करीब २८ वर्ष आफूले राखेपमै बिताएको बताउँदै भने, ‘यहाँका सबै समस्याका बारेमा मलाई जानकारी छ । मैलै बुझ्दै छु भन्न पाउदिनँ । जुन ग्यापले हाम्रो समस्याहरू अड्केर बसेका छन् ऐन, कानून, नियम, विधि, विधानलाई हेरेर मन्त्रीज्यू, उपाध्यक्षज्यू, कार्यकारी समितिलगायत सरोकारवाला सबैसँग समन्वय गरी काम गर्नेछु ।’

उनले आफूलाई विश्वास गरेर जिम्मेवारी दिएकोमा नेपाल सरकार, खेलकुद मन्त्रालय र राखेपप्रति आभार प्रकट गर्दै मन खिन्न हुन कुनै पनि कार्य नगर्ने प्रतिबद्धता व्यक्त गरे ।

युवा तथा खेलकुद मन्त्रालयले बुधवार थापालाई राखेपका सदस्य सचिवको अनुपस्थितिमा सदस्य सचिवले सम्पादन गर्ने प्रशासनिक तथा आर्थिक अधिकार प्रयोग गर्ने अधिकार दिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्