
काठमाडौं महानगरपालिका–१६ नयाँबजार मेडिकल चोकबाट १ हजार दरका २९४ थान नक्कली नेपाली नोटसहित ४ जना पक्राउ परेका छन् ।
राजधानीको नयाँबजारमा बसोबास गर्दै आएका रौतहट गौर नगरपालिका–१२ का पृथ्वीप्रसाद साह र वडा नम्बर–९ निवासी महमदशम्साद आलम, राजपुर नगरपालिका–३ का मोहम्मदमुसरफ अली र सोही नगरपालिका–६ का असरफअली सइदलाई नक्कली नोटसहित बुधवार पक्राउ गरी बिहीवार काठमाडौं जिल्ला अदालतबाट हिरासतमा राखेर थप अनुसन्धानको अनुमति लिइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
काठमाडौं महानगरपालिका–१५ डल्लु पुल नजिकबाट ४ थान ढलौटको मूर्तिहरूसहित २ जनालाई पक्राउ गरिएको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ ढाडे र रसुवा गोसाईंकुण्ड नगरपालिका–५ का किशोर मूर्ति चोरीको अभियोगमा पक्राउ परेका हुन् ।