३२ असार २०८३, बिहीबार

क्रिप्टो करेन्सी र हाइपरफण्डबारे अध्ययन गर्न समिति गठन

फागुन ६, २०७८
क्रिप्टो करेन्सी र हाइपरफण्डबारे अध्ययन गर्न समिति गठन

नेपालमा  प्रतिबन्धित  भर्चुअल  मुद्राको कारोबार (क्रिप्टो करेन्सी, हाइपर फन्ड तथा अनलाइन कारोबारबारे विस्तृत अध्ययन तथा अनुसन्धानका लागि दुईवटा समिति गठन भएका छन् ।

अर्थ मन्त्रालयले सहसचिव भुपाल बरालको संयोजकत्वमा सात सदस्यीय अध्ययन समिति गठन गरेको छ ।

सो समितिमा नेपाल  राष्ट्र  बैङ्क,  कानुन,  न्याय  तथा  संसदीय  मन्त्रालय,  प्रहरी प्रधान कार्यालय, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल दूरसञ्चार प्राधिकरणका प्रतिनिधि रहेका छन् ।

समितिले क्रिप्टो करेन्सी, हाइपर फन्ड तथा अनलाइन कारोबारले  पार्न  सक्ने  प्रभाव  तथा  सम्भावनाबारे  विस्तृत  अध्ययन गर्ने मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

प्रहरी प्रधान कार्यालयले क्रिप्टो  करेन्सीलगायत  अनलाइन कारोबार र यसको दुरुपयोग र ठगीबारे विस्तृत अनुसन्धान र अध्ययनका लागि आन्तरिक   समिति गठन गरेको  हो  ।  

प्रहरी  प्रधान  कार्यालय  अपराध  अनुसन्धान  विभागका  वरिष्ठ  प्रहरी  उपरीक्षक  चन्द्रकुवेर  खापुङको  संयोजकत्वमा सात सदस्य समिति गठन भएको छ । गोरखापत्र दैनिकमा मित्र भण्डारीले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्