२९ जेठ २०८३, शुक्रबार

बेमौसमी वर्षाका कारण धानबालीमा क्षति पुगेका किसानलाई राहत दिने तयारी

फागुन ६, २०७८
बेमौसमी वर्षाका कारण धानबालीमा क्षति पुगेका किसानलाई राहत दिने तयारी
फाइल तस्वीर

सरकारले  बेमौसमी  वर्षाका  कारण धानबालीमा क्षति पुगेका किसानलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।  

गृह मन्त्रालयका अनुसार यसअघि धानबालीमा क्षति पुगेका  किसानहरूलाई  राहत  उपलब्ध  गराउनेसम्बन्धी  मापदण्ड, २०७८ स्वीकृत गरिएको थियो ।

गत असोज  ३१ देखि कात्तिक ३ गतेसम्म देशका विभिन्न भूभागमा वर्षाका कारण  धानबालीमा  क्षति  पुग्दा  किसान  प्रभावित  भएका  थिए ।

अर्थ मन्त्रालयले किसानलाई राहत रकम उपलब्ध गराउने मापदण्ड, २०७८ बमोजिम राहत उपलब्धस्वरूप एक अर्ब रुपियाँ निकासा गरेको थियो ।

गृह सचिव टेकनारायण पाण्डेको अध्यक्षतामा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिवसहितको बैठकले अर्थ मन्त्रालयले गरेको निर्णयमध्ये ८५ करोड चार लाख रुपियाँ जिल्ला विपत् व्यवस्थापनमार्फत उपलब्ध गराउने निर्णय गरेको छ । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्