१२ साउन २०८३, मंगलबार

झुलनेटामा लक्ष्मी बैंकको ११औं एक्स्टेन्सन काउण्टर

झुलनेटामा लक्ष्मी बैंकको ११औं एक्स्टेन्सन काउण्टर

लक्ष्मी बैंकले आफ्नो संजाल विस्तार गर्ने क्रममा आफ्नो एघारौं एक्स्टेन्सन काउण्टर रुकुम पश्चिमको त्रिवेणी गाँउपालिका स्थित झुलनेटामा स्थापना गरेको छ ।

यस नयाँ एक्स्टेन्सन काउण्टरको स्थापनाको साथै लक्ष्मी बैंकको संजाल ५० जिल्लामा १४१ शाखा, ११ एक्स्टेन्सन काउण्टर, ५ हस्पिटल सेवा काउन्टर, १७२ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

यसको साथ आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको बैंकले जनाएको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा सक्रिय रुपमा सेवा विस्तार गर्दै आएको छ ।

 

salt training

कमेन्ट गर्नुहोस्