
विवादको भूमरीमा परेको अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)बारे निर्णय लिन सत्ता गठबन्धनको बैठक शुरू भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बिहान बैठक शुरू भएको हो ।
बिहीवार बसेको बैठकमा सहमति जुट्न नसकेपछि शुक्रवारका लागि बैठक सारिएको थियो । गठबन्धनमा सहमति नभएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीवार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।
देउवाले ओलीसँग छलफल गरेपछि बस्न लागेको गठबन्धनको बैठकलाई महत्त्वका साथ हेरिएको छ ।
प्रधानमन्त्री देउवाले जसरी पनि संसदमा एमसीसी टेबुल गर्ने तयारी गरेपछि सत्ता साझेदार माओवादी केन्द्रले सरकारबाट बाहिरिने तयारी गरेको थियो ।
सरकारले कुनै पनि हालतमा संसदमा एमसीसी टेबुल गर्ने सरकारको तयारी छ । एमसीसीमा सहमति नभए गठबन्धन टुट्ने र माओवादी सरकारबाट बाहिरिने सम्भावना छ ।
गत जेठ ८ गते तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा गठन भएपछि कांग्रेसको नेतृत्वमा गठबन्धन बनेको थियो ।