०८ साउन २०८३, शुक्रबार

बालुवाटार बैठकपछि सरकारका प्रवक्ताले भने- एमसीसीबारे ८ गते टुंगोमा पुग्छौँ

बालुवाटार बैठकपछि सरकारका प्रवक्ताले भने- एमसीसीबारे ८ गते टुंगोमा पुग्छौँ

नेपाली कांग्रेसका नेता एवं सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसीबारे फागुन ८ गतेको बैठकबाट टुंगोमा पुग्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको गठबन्धनको बैठकपछि मन्त्री कार्कीले ८ गते एमसीसीबारे टुंगोमा पुगिने बताएका हुन् । 

‘प्रधानमन्त्रीज्यूले आजको बैठकमा एमसीसीलाई एउटा टुंगोमा पुर्याउन चाहन्छौँ भन्नुभयो । ८ गते बस्ने बैठकबाट हामी टुंगोमा पुग्छौँ,’ मन्त्री कार्कीले भने । 

आजको बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपाल लगायत नेताहरू सहभागी थिए ।

salt training

कमेन्ट गर्नुहोस्