३२ असार २०८३, बिहीबार

एमसीसी टेबुल गर्न कार्यव्यवस्थामा आज पनि भएन सहमति, अर्को बैठक ११ गतेलाई राख्ने तयारी

एमसीसी टेबुल गर्न कार्यव्यवस्थामा आज पनि भएन सहमति, अर्को बैठक ११ गतेलाई राख्ने तयारी

अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)लाई प्रतिनिधि सभाको कार्यसूचीमा राख्न सरकारले गरेको प्रस्तावमा सहमति जुट्न नसकेपछि शुक्रवार पनि टेबुल नहुने भएको छ । 

संसद भवन नयाँ बानेश्वरमा शुक्रवार बसेको बैठकमा कानून मन्त्री दीलेन्द्र बडूले एमसीसी कार्यसूचीमा राख्न प्रस्ताव गरेका थिए । 

नेपाली कांग्रेस र लोसपाले एमसीसी अगाडि बढाउन सहमति जनाए पनि अन्य दलले पहिला सदनको अवरोध खुल्नु पर्ने अडान राखेका थिए । नेकपा एमाले अनुपस्थित रहेको बैठकमा माओवादी केन्द्रले पहिला संसदको अवरोध खुल्नुपर्ने प्रस्ताव राखेको छ । 

सहमति जुट्न नसकेपछि शुक्रवारको बैठकमा एमसीसी टेबुल नहुने भएको छ । 

अर्को बैठक फागुन ११ या १२ गतेको लागि सार्ने तयारी भएको संसद सचिवालय स्रोतले जानकारी दियो । एमसीसी अनुमोदनका लागि अमेरिकाले दिएको समयसीमा फागुन १६ गते सकिँदैछ । 

एमसीसीमा सहमति जुट्न नसकेपछि सत्ता गठबन्धनको बैठक ८ गते आइतवारसम्मको लागि सारिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्