२९ जेठ २०८३, शुक्रबार

एमसीसी टेबुलको लफडा, फागुन ८ गते सम्मका लागि स्थगित भयो संसद्

एमसीसी टेबुलको लफडा, फागुन ८ गते सम्मका लागि स्थगित भयो संसद्

अमेरिकी आर्थिक सहयोग कार्यक्रम एमसीसी टेबुल गर्ने विषयमा छलफलहरूबीच सहमति जुट्न नसकेपछि प्रतिनिधि सभाको बैठक आइतवारसम्मका लागि स्थगित भएको छ । सरकारले बुधवार र शुक्रवार बसेको बैठकमा एमसीसी टेबुल गर्ने प्रयास गरेको थियो । 

दलहरूबीच सहमति जुट्न नसकेपछि सामान्य कार्यसूची राखेर शुक्रवार प्रतिनिधि सभाको बैठक राखिएको थियो । विगतमा जस्तै बैठक शुरू हुनासाथ नेकपा एमालेले केहीबेर नाराबाजी गरेपछि सभामुख अग्नि सापकोटाले बैठक आइतवार दिउँसो १ बजेसम्मका लागि स्थगित गरे । 

शुक्रवार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि कानून मन्त्री दीलेन्द्र बडूले एमसीसी कार्यसूचीमा राख्न प्रस्ताव गरेका थिए । दलहरूबीच सहमति जुट्न नसकेपछि एमसीसी टेबुल गर्ने भाका आइतवारका लागि सरेको छ । 

संसदबाट अनुमोदनका लागि अमेरिकाले दिएको अन्तिम समय सीमा फागुन १६ (फ्रेब्रुअरी २८)मा सकिँदैछ । सत्ता गठबन्धनमा सहमति जुट्न नसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अनुमोदनका लागि प्रमुख प्रतिपक्षी दलको साथ खोजेका छन् । एमालेले भने आफ्ना माग पूरा नभई सदन चल्न नदिने बताएको छ ।

माधव नेपाललगायत १४ जना सांसदमाथि पार्टीले गरेको कारबाहीअनुसार उनीहरूलाई पदमुक्त गर्न माग गर्दै एमालेले गत भदौ २३ गतेदेखि संसदमा निरन्तर विरोध गर्दै आइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्