
राष्ट्रिय निजामती किताबखानाको महानिर्देशकमा बाबुराजा श्रेष्ठ नियुक्त भएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महानिर्देशकमा श्रेष्ठलाई नियुक्त गरेको हो ।
श्रेष्ठ यसअघि निजामती किताबखानामा नै उपमहानिर्देशक थिए ।
त्यसैगरी स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा कुमार दाहाललाई नियुक्त गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रघुराम विष्टले बताए ।
मन्त्रीस्तरीय निर्णयबाटै सहसचिव तुलसीबहादुर श्रेष्ठलाई निर्वाचन आयोग पठाइएको समेत उनले बताए।
यसैगरी सहसचिव प्रदीप कोइरालालाई उद्योग मन्त्रालयबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा तानिएको छ ।