०९ साउन २०८३, शनिबार

युक्रेन संकट : रुसले शनिवार आणविक हतियारयुक्त क्षेप्यास्त्र परीक्षण गर्ने

फागुन ६, २०७८
युक्रेन संकट : रुसले शनिवार आणविक हतियारयुक्त क्षेप्यास्त्र परीक्षण गर्ने

रुसले शनिवार क्राइमिया र कृष्णसागर लगायतका क्षेत्रमा व्यापक रूपमा क्षेप्यास्त्र परीक्षण गर्ने घोषणा गरेको छ । त्यसक्रममा आणविक हतियार पनि परीक्षण गरिने उसले जनाएको छ । 

यस परीक्षणलाई राष्ट्रपति भ्लादिमिर पुटिन आफैंले अवलोकन गर्नेछन् । परीक्षण अभ्यासमा रुसको स्ट्राटेजिक मिसाइल कमान्ड, नर्दन र ब्ल्याक सी फ्लीट र सदर्न मिलिटरी डिस्ट्रिक्ट सहभागी हुनेछन् । अन्तिम क्षेत्रले क्राइमिया र युक्रेनको पूर्वी भाग समेट्छ । 

कमान्डर र सैनिकहरूको तयारीको परीक्षणका लागि यो अभ्यास गरिएको हो । त्यसका साथै स्ट्राटेजिक आणविक र गैरआणविक शक्तिसँग भएको हतियारको विश्वसनीयतालाई पनि यसले जाँच्ने रुसको रक्षा मन्त्रालयले शुक्रवार जनाएको छ । 

रुसी अधिकारीहरूले यो अभ्यास पूर्वयोजना अनुसार नै भएको दाबी गरेका छन् । तर यसको समय हेर्दा युक्रेनमाथि आक्रमणका लागि यो तयारी हो कि भनी पश्चिमले आशंका गरेको छ । 

आजै युरोपेली मुलुकका रक्षामन्त्रीहरू जर्मनीको म्युनिखमा आयोजित सुरक्षा सम्मेलनमा भेला हुँदैछन् । आइतवारसम्म चल्ने सम्मेलनले युक्रेनमा युद्ध रोक्ने लक्ष्य लिएको छ । रुसले उक्त सम्मेलनमा प्रतिनिधि नपठाउने भएको छ । वर्षौंपछि पहिलोपटक उसले यसो गरेको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्