१४ असार २०८३, आइतबार

७ नम्बर प्रदेशमा गच्छदारको फोरमले खाता खोल्यो, जानकी गाउँपालिकामा विजयी

कात्तिक २०, २०७४
७ नम्बर प्रदेशमा गच्छदारको फोरमले खाता खोल्यो, जानकी गाउँपालिकामा विजयी

धनगढी, १९ असार– कैलालीको जानकी गाउँपालिकाको प्रमुखमा विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम नेपालका उम्मेदवार विजयी भएका छन् ।

फोरम लोकतान्त्रिकका उम्मेदवार प्रदिपकुमार चौधरी ५०५७ मतसहित जानकी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी गंगादेवी चौधरीले ४२२१ मत प्राप्त गरिन् ।

जानकी गाउँपालिकाको उपाध्यक्षमा पनि लोकतान्त्रिक फोरमकै उमा महतो विजयी भएकी छन् । उनले ५०९७ मत ल्याउँदा नेपाली कांग्रेसका गंगा बटाला ४०३० मतमा समेटिए ।

salt training

कमेन्ट गर्नुहोस्