
हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको विकास भएको छैन ।
देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
रातिको समयमा देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । शनिवार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
पहाडी भू–भागका १ वा २ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । फागुन ८ गते आइतवार पनि देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू–भागका १ वा २ स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।