१० साउन २०८३, आइतबार

नेपाल विश्व महाशक्तिहरूको चेपुवामा परेको छ : कमल थापा

नेपाल विश्व महाशक्तिहरूको चेपुवामा परेको छ : कमल थापा

पूर्व उपप्रधानमन्त्री कमल थापाले नेपाल विश्व महाशक्तिहरूको चेपुवामा परेको बताएका छन् ।

अमेरिकी सहयोग परियोजना एमसीसी विवादबारे अमेरिका र चीनले दिएका अभिव्यक्तिप्रति लक्षित गर्दै थापाले नेपाल बाह्य शक्तिहरूको रणनीतिक प्रतिस्पर्धास्थल बनेको बताएका छन् ।

उनले ट्विटरमा लेखेका छन्, ‘राजनीतिक नेतृत्वको अदूरदर्शिताको कारण नेपाल बाह्य शक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थल बन्दैछ । अहिले विश्व महाशक्तिहरूको चेपुवामा नेपाल परेको छ । छिमेकी चीनलाई चिढाउनु हुँदैन । अमेरिकालाई बिच्काउनु पनि हुँदैन । दुवै मुलुकलाई विश्वासमा लिएर एमसीसी कार्यान्वयनका लागि कूटनीतिक पहल गर्न आग्रह छ ।’ 

salt training

कमेन्ट गर्नुहोस्