०९ असार २०८३, मंगलबार

हरिवन नगरपालिका जिल्लाकै उत्कृष्ट

हरिवन नगरपालिका जिल्लाकै उत्कृष्ट

सर्लाहीको हरिवन नगरपालिका यस वर्षको जिल्लाकै उत्कृष्ट नगरपालिका घोषित भएको छ ।

नगर विकास कोषले आफ्नो ३४औं वार्षिकोत्सवका अवसरमा उत्कृष्ट नगरपालिकाको रूपमा छनौट गर्दै सम्मान गरेको हो ।

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले हरिवन नगरपालिकाकी उपप्रमुख रेणुका पौडेललाई कोषको लगानीमा निर्माण गरिएका आयोजनामध्ये नगरपालिकाले सफल कार्यान्वयन तथा व्यवस्थापन गरेको भन्दै कदरपत्रले सम्मान गरेकी छन् । कोषको लगानीमा हरिवन नगरपालिका–११ को बजारमा सुविधा सम्पन्न व्यावसायिक भवन निर्माण गर्नाका साथै अन्य योजना पनि सञ्चालनमा रहेका नगर प्रमुख गणेशप्रसाद प्रसाईंले जानकारी दिए । 

यसअघि कोषको ३३औं वार्षिकोत्सवमा लालबन्दी नगरपालिका जिल्लाकै उत्कृष्ट नगरपालिकाको रूपमा सम्मानित भएको थियो । कोषले लगानी गरेका योजनाको अनुगमन गरी सफल कार्यक्रम सञ्चालन गरिएका  आधारमा मूल्याङकन गरी उत्कृष्ट घोषणा गर्दै आएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्