०३ साउन २०८३, आइतबार

पुटिन युक्रेनमा आक्रमण गर्ने निर्णयमा पुगिसके, जुनसुकै बेला आक्रमण हुन सक्छ- बाइडन

फागुन ७, २०७८
पुटिन युक्रेनमा आक्रमण गर्ने निर्णयमा पुगिसके, जुनसुकै बेला आक्रमण हुन सक्छ- बाइडन

अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमा आक्रमण गर्ने निर्णयमा पुगेको र ‘आगामी दिनमा’ युक्रेनी भूगोलमाथि आक्रमण हुन सक्ने बताएका छन् । 

अमेरिकी गुप्तचर निकायले दिएको गोप्य जानकारीका आधारमा आफूले उक्त निष्कर्ष निकालेको र रूसले आक्रमण गर्दा सीमा क्षेत्रका यूक्रेनी गाउँ तथा शहरमात्र निशानामा नरहने वाइडेनको भनाइ रहेको छ । रूसको आक्रमणको निशानामा राजधानी किभ पनि पर्न सक्ने उनले बताए । 

यद्यपि, केही युरोपेली मुलुकहरू र अमेरिकाले भनेजस्तो रूसले आक्रमणको योजना बनाइरहेको भन्ने समाचारमा कुनै सत्यता नरहेको रूसी अधिकारीहरूले बताउँदै आएका छन् । 

युक्रेनमाथिको आक्रमण गर्ने रूसी योजना रहेको र यसलाई आफूहरूले निष्तेज पारिदिएको भनी जस लिने दाउमा केही शक्तिराष्ट्रहरू लागिपरेको र ‘युक्रेन आक्रमणबारे’ अफवाह मात्र फैलाइरहेको रूसी अधिकारीहरूले दाबी गरेका छन् । 

रुसले युक्रेनका टुक्रिएका पूर्वी क्षेत्रमा बनावटी संकटहरू खडा गरेर त्यसलाई हमला गर्ने कारणका रूपमा प्रस्तुत गर्न सक्ने भय पश्चिमा राष्ट्रहरूको छ । 

अमेरिकाले एक लाख ६९ हजारदेखि करीब दुई लाख रुसी सैनिकहरू युक्रेन र वरपरका क्षेत्रमा भेला भइरहेको आकलन गरेको छ । त्यसमा पूर्वी युक्रेनका स्वःघोषित डोनिएत्स्क र लुहान्स्क गणतन्त्रहरूमा तैनाथ रुसी समर्थन प्राप्त लडाकुहरूको सङ्ख्या पनि जोडिएको छ ।

यसैबीच ह्वाइट हाउसबाट गरेको टेलिभिजन सम्बोधनमा राष्ट्रपति बाइडनले रुसी फौजहरूले युक्रेनमा आगामी दिन वा हप्ताहरूमा आक्रमण गर्ने योजना बनाएको विश्वास गर्ने आधारहरू रहेको  बताए । 

यसअघि अमेरिकी राष्ट्रपति र उनका उच्च अधिकारीहरूले यस्तो अवस्था रहे या नरहेको आफूलाई जानकारी नभएको बताउँदै आएका थिए । तर, उनले रुसले अझै पनि कूटनीतिक बाटो रोज्न सक्ने र अहिले पनि तनाव कम गरेर वार्ताको टेबलमा फर्कन ढिला नभइसकेको बताए । 

यसअघि शुक्रवार रूसनिकट मानिने युक्रेनी नेताहरूले युक्रेनले गोलाबारी बढाएको र हमला गरिरहेको भन्दै स्थानीयवासीको उद्धार गर्ने घोषणा गरेका थिए । तर, उक्त समाचारलाई युक्रेनले बारम्बार आफूले आक्रमणको कुनै योजना नबनाएको बताउँदै खण्डन गर्दै आएको छ । 

रुसले युक्रेनको पूर्वी डोनबास क्षेत्रमा सन् २०१४ यता सशस्त्र विद्रोहलाई समर्थन गर्दै आएको छ । त्यहाँको द्वन्द्वमा १४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । - रासस/एएफपी

salt training

कमेन्ट गर्नुहोस्