०९ साउन २०८३, शनिबार

तपाईं बेरोजगार हुनुहुन्छ ? कामका लागि सरकारले माग्यो निवेदन [सूचनासहित]

तपाईं बेरोजगार हुनुहुन्छ ? कामका लागि सरकारले माग्यो निवेदन [सूचनासहित]

सरकारले बेरोजगार व्यक्तिहरूको सूची संकलन गर्ने प्रक्रिया शुरू गरेको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रधानमन्त्री रोजगार कार्याक्रमका लागि बेरोजगार व्यक्तिहरूको सूचीमा सूचीकृत गर्नका लागि निवेदन दिनका लागि मन्त्रालयले सूचना जारी गरेको हो । 

मन्त्रालयका अनुसार फागुन महिनाभरीमा आफू बसेको वडा कार्यालय वा स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमा रोजगारीका लागि निवेदन दिन सकिनेछ । 

यो निवेदन आर्थिक वर्ष २०७९/०८०का लागि भएको समेत मन्त्रालयले जनाएको छ । 

१८ वर्षदेखि ५९ वर्ष उमेर समूहका बेरोजगार व्यक्तिले सूचीकृत हुनका लागि निवेदन दिन सक्नेछन् । 

निवेदन दिने व्यक्तिले निवेदन दिँदाको मितिसम्म सोही आर्थिक वर्षमा न्यूनतम एक सय दिनको रोजगारमा संलग्न नभएको हुनुपर्ने समेत बताइएको छ । 

सूचनासहित


 

salt training

कमेन्ट गर्नुहोस्