२३ असार २०८३, मंगलबार

मेयरभन्दा उपमेयर बढी जित्ने एमाले, उपमेयर १० कम जित्ने कांग्रेस

कात्तिक २०, २०७४
मेयरभन्दा उपमेयर बढी जित्ने एमाले,  उपमेयर १० कम जित्ने कांग्रेस
काठमाडौं, १९ असार– असार १४ मा सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतगणनामा नेकपा एमालेले अग्रता लिएको छ ।

जम्मा तीन सय ३४ स्थानीय तहमध्ये नगरपालिका १ सय १९ रहेको छ भने गाउँपालिका अध्यक्ष २१५ निर्वाचित हुने छन् ।

पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेसले दोस्रो चरणको चुनावमा धेरै नगरपालिकामा जीत निकालेको छ । कांग्रेसले ३० नगरपालिकामा जीत निकाल्दा नेकपा एमालेले २१ नगरपालिकामा जीतेको छ ।

त्यस्तै माओवादी केन्द्रले ५ नगरपालिकामा जीत निकालेको छ । फोरम लोकतान्त्रिकले एक नगरपालिकामा जित हात पारेको छ ।

उपमेयरमा भने एमालेले बढी स्थानीय तहमा जीत हात पारेको छ । उसले २८ नगरपालिकामा जितेको छ । नेपाली कांग्रेसले मेयर भन्दा उपमेयर १० स्थानमा कम जितेको छ ।

गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेले ८२ स्थानीय तहमा जित्दा नेपाली कांग्रेसले ६६ स्थानीय तहमा जित निकालेको छ । त्यस्तै माओवादी केन्द्रले २७ स्थानीय तहमा जीत निकालेको छ ।

गाउँपालिकाको उपाध्यक्षमा भने कांग्रेसलवे अध्यक्षभन्दा कम ५८ स्थानीय तहमा जितेको छ । एमालेले भने गाउँपालिकाको अध्यक्ष भन्दा उपाध्यक्षमा धेरै स्थानीय तहमा जीतेको छ ।

त्यस्तै माओवादी केन्द्रले २५ उपाध्यक्षमा जित निकालेको छ ।

salt training

कमेन्ट गर्नुहोस्