×

NMB BANK
NIC ASIA

प्रचण्डले एमसीसी पास गर्न षड्यन्त्र गरेको ओलीको टिप्पणी- संसदमा मूर्तिझैँ बसेर अरूलाई नारा लगाऊ भन्ने ?

फागुन ९, २०७८

NTC
Premier Steels

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मूर्तिझैँ बसेर अरूलाई एमसीसीको विरोधमा उतारेको टिप्पणी गरेका छन् । 

Muktinath Bank

चन्द्रागिरि नगरपालिकास्थित कालु पाँडेको समाधिस्थलमा आयोजित कवि गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘सरकारमा बस्ने तमासा गर्ने, एमसीसी पास गर्ने षड्यन्त्र गर्ने, टेबुल गर्ने षड्यन्त्र गर्ने आएर आफू चुप लागेर मूर्तिझैँ बस्ने, पछाडिकोलाई नारा लगाउ नारा लगाउ भन्ने । यताकालाई उठ भन्ने उताकालाई बस भन्ने ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ओलीले अगाडि भने, ‘सरकार, सडक र सदनमा आफैँ हुने, एमसीसी आफैँ सही गर्ने, आफैँ टेबल गर्ने, सही गर्ने टेबल गर्नेहरूलाई सडकमा उत्रिएकाहरूले कतै केही भनेको सुन्नुभएको छ ? केही भन्दैनन् ।’ 


Advertisment
Nabil box
Kumari

सरकारमा रहेका दलहरूले एकतातिर एमसीसी संसदमा टेबल गर्ने सहमति गरेको र कार्यकर्तालाई प्रदर्शनमा उतारेर दोहोरो चरित्र देखाएको भन्दै ओलीले प्रचण्ड–माधव नेपालको आलोचना गरेका छन् । तर, ओलीले प्रचण्डको नाम उल्लेख नगरी संसदमा चुपचाप बसेर वरिपरिकालाई विरोधमा उतारेको बताएका हुन् ।

Vianet communication

एमसीसीको विरोध प्रदर्शनमा बाटो भत्काएको भन्दै ओलीले भने, ‘सत्तामा बस्ने क्रान्तिकारीहरू निर्माणका बजेट काट्ने अनि बाटो भत्काउने । कोही छैन नभत्काउ भन्नेहरू । कस्तो सरकार हो यो ?’ 

सरकारले आदेश नदिएका कारण प्रहरी भने कुटाइ खाएर भागिरहेको देखिएको उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x