२७ जेठ २०८३, बुधबार

बुटवल आएर पोखराका पर्यटन व्यवसायीले भने- जाउँ है पोखरा

बुटवल आएर पोखराका पर्यटन व्यवसायीले भने-  जाउँ है पोखरा

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न पोखराका पर्यटन व्यवसायी निम्तो बाँड्दै बुटवल आइपुगेका छन् । 

पर्यटकीय नगरी पोखरामा अन्तरिक पर्यटनको टेवा ५० प्रतिशत छ । पश्चिमाञ्चल होटल संघ पोखराले कोरोनाले थला पारेको पर्यटन क्षेत्रलाई अन्तरिक पर्यटनले उकास्ने गरी ‘जाउँ है पोखरा’ अभियान लिएर निम्तो बाँड्दै विभिन्न शहरमा निस्किएका हुन् । 

सोमवार बुटवलमा आयोजित अन्तरक्रिया कार्यक्रममा अभियानका संयोजक विकल तुलाचनले बुटवलबाट शुरू भएको अभियान चितवन, हेटौडा, वीरगंजलगायतका शहरमा पनि सञ्चालन हुने जानकारी दिए ।

पोखरामा भएका पर्यटकीय गन्तव्यको प्रचारप्रसारका लागि यो अभियानले महत्त्वपूर्ण सहयोग गर्ने दाबी गरे । नेपालका अधिकांश मुख्य शहरहरूसँग पोखरा हवाईमार्गबाट जोडिएको भन्दै उनले यसबाट पर्यटकहरूलाई आवतजावतमा सहज हुने बताए । 

पछिल्लो समय बन्जी, प्याराग्लाइडिङ, हाइकिङ, साइक्लिङ, केबलकारलगायत साहसिक खेलहरूका कारण पनि पोखरा पर्यटकको आकर्षक बन्न सफल भएको उनले बताए । 

फेवा नववर्ष महोत्सव यस वर्ष पनि आयोजना हुने उनले बताए ।  होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले कोरोना महामारीलगायत कठिन परिस्थितिका बाबजुद पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले जाउँ है पोखरा अभियानलाई निरन्तरता दिइएको बताए ।

नेचर, कल्चर र एडभेन्चरका बारेमा जानकारी दिने काम दुई दशकदेखि गर्दै आएको भन्दै प्रविधिमैत्री पर्यटन विकासमा अघि बढेको बताए । उनले आन्तरिक पर्यटक नै दिगो पर्यटक भएको भन्दै पोखरामा अहिले ३ प्रतिशतबाट ५० प्रतिशत पुगेको बताए । संस्थागत रुपमा होटल संघले ३० प्रतिशतसम्म छुटका साथै थप अन्य छुटको व्यवस्था गरिरहेको उनले बताए । 

पर्यटक आदानप्रदान गर्ने रूपमा अभियान सञ्चालन भएको उनको भनाइ छ । कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका पर्यटन मन्त्रालयका सचिव महेश न्यौपानेले ‘सेभ द कल्चर, सेल द कल्चर’ लाई प्राथमिकतामा राखेर प्रदेश सरकार अघि बढेको जानकारी दिए ।

समुदायका मानिसहरूलाई अग्रसर गराएर यो कार्यक्रमलाई कार्यान्वयनमा ल्याउने गरी कल्चरल भिलेज अवधारणा ल्याउँदा सफलता मिल्ने भन्दै यो धेरै महत्त्वपूर्ण हुने अपेक्षा गरे ।

salt training

कमेन्ट गर्नुहोस्