१४ असार २०८३, आइतबार

शान्तिका लागि बौद्ध शिक्षा अनुशरण गर्नु आवश्यक छ : प्रधानमन्त्री देउवा

शान्तिका लागि बौद्ध शिक्षा अनुशरण गर्नु आवश्यक छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वमा भइरहेको द्वन्द्व नियन्त्रणका लागि बौद्ध शिक्षालाई मार्गदर्शकका रूपमा लिनुपर्ने बताएका छन् ।

लुम्बिनी बौद्ध दर्शनको उद्गम थलो भएको बताउँदै प्रधानमन्त्री देउवाले लुम्बिनीबाटै बौद्ध शिक्षालाई विश्वव्यापी बनाउनुपर्नेमा जोड दिए । 

सोमवार काठमाडौंमा भएको लुम्बिनी बौद्ध विश्वविद्यालयको १३औं विश्वविद्यालय सभामा बोल्दै विश्वविद्यालयका कूलपति देउवाले नेपाल बौद्ध दर्शनको उद्गम थलो भएकाले शान्ति शिक्षालाई विश्वविद्यालयले प्राथमिकताका साथ अध्यापन गराउन आवश्यक रहेको बताए ।

‘शान्ति शिक्षाको अध्यापन र प्रवद्र्धनसँगै लुम्बिनीलाई विश्वका राष्ट्रहरूबीच भइरहेका द्वन्द्व व्यवस्थापन गर्ने केन्द्र बनाउन सकिने सम्भावना छ,’ देउवाले भने । 

बौद्ध विश्वविद्यालयले बौद्ध शिक्षाको माध्यमबाट सरकारले अंगिकार गरेका वातावरण तथा दीगो विकासको नीतिलाई सहायक सिद्ध हुने गरी दीगो विकास सम्बन्धी अध्ययन/अध्यापन गराउनुपर्ने उनले बताए । सो अवसरमा सम्बोधन गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकूलपति देवेन्द्र पौडेलले बौद्ध शिक्षामार्फत राष्ट्रिय शिक्षा विकासमा योगदान पुर्‍याउन योजनावद्ध ढंगबाट अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।

सभामा रजिस्ट्रार आचार्यले वार्षिक प्रतिवेदन पेश गर्दै विश्वविद्यालयले गरेको शैक्षिक तथा भौतिक पूर्वाधार विकास विषयमा जानकारी गराए । 

salt training

कमेन्ट गर्नुहोस्