३१ असार २०८३, बुधबार

प्रदेशको विकासमा दत्तचित भएर लाग्छु : मुख्यमन्त्री राई

प्रदेशको विकासमा दत्तचित भएर लाग्छु : मुख्यमन्त्री राई
प्रतिकात्मक तस्वीर

१ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको विकासमा दत्तचित भएर लाग्ने बताएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सभाहलमा सोमवार आयोजित ‘प्रदेश नम्बर १ को आर्थिक रूपान्तरणका सम्भावित क्षेत्रहरू’ कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले प्रदेशमा अनेक सम्भावनाहरू रहेका र ती सबैलाई एकैपटक कार्यान्वयनमा ल्याउन पुँजीगत खर्चको अभाव रहेको प्रस्ट पार्दै राष्ट्रियताको रक्षा र समृद्धिको यात्रा पूरा गर्न विकास गर्नुको विकल्प नरहेको बताए ।

उनले सरकारसँग पुँजीगत खर्च अभाव रहेको समयमा स्वदेशी वा विदेशी निजी क्षेत्रहरूले सम्भावित क्षेत्रहरूमा लगानी लगाउन उदारता देखाउनुपर्नेमा जोड दिँदै प्रदेश लगानी प्राधिकरणको सुझाव गहकिलो रहेको बताए । उनले अब मुलुकमा राजनीतिक क्रान्ति समाप्त भई आर्थिक क्रान्तिको समय आएको बताउँदै भारत र चीनको प्रगतिलाई नेपालले पछ्याउनुपर्ने धारणा राखे ।

मुख्यमन्त्री राईले हाम्रा जनशक्ति विदेश जाने र हामी विदेशी उत्पादनमा निर्भर रहनु पर्दा हाम्रो उत्पादन ठप्प हुने र बेरोजगार समस्या बढ्ने तर्क गर्दै स्वाभिमान र राष्ट्रियताको रक्षा गर्न २ ठूला शक्तिको प्रगतिलाई पछ्याउनुपर्ने आवश्यकता औंल्याए ।

विदेशी वा स्वदेशी लगानीका निम्ति ऐन, कानून परिमार्जन गर्ने र शान्तिसुरक्षा एवं सुशासनलाई पनि सुधार गर्दै जाने उद्घोष गर्दै मुख्यमन्त्री राईले सबै विज्ञको ज्ञानलाई समेटेर अघि बढ्ने विश्वास व्यक्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्