०६ असार २०८३, शनिबार

अदालतबाट ५१ लाख जरिवाना भएका थापा पक्राउ

अदालतबाट ५१ लाख जरिवाना भएका थापा पक्राउ

नेपाल प्रहरीले उच्च अदालत पाटनले रु ५१ लाख जरिवाना ठहर गरेका एकजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उच्च अदालत पाटनको विसं २०७८ मङ्सिर ७ को फैसलाअनुसार १५ दिन कैद र बिगो बमोजिम रु ५१ लाख जरिवाना ठहर गरेपछि फरार रहेका नुवाकोट लिखुका ३७ वर्षीय विनोद थापालाई आइतबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका उपनिर्देशक, प्रहरी उपरीक्षक कमल थापाले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानीजानी पीडितलाई झुक्यानमा पारेर बैंक अफ काठमाडौँ गोङ्गबु शाखाको चेक दिएर बैङ्किङ कसुर गरेकाले थापालाई काठमाडौँको फुटुङबाट पक्राउ गरिएको जानकारी दिए । पक्राउ थापालाई फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत ललितपुर पेस गरिएको प्रहरी उपरीक्षक थापाले बताए । 

salt training

कमेन्ट गर्नुहोस्