०५ साउन २०८३, मंगलबार

भाँचिएको पुल नबन्दा स्थानीयलाई सास्ती

फागुन १०, २०७८
भाँचिएको पुल नबन्दा स्थानीयलाई सास्ती

गत  माघ  २९  गते  भाँचिएको  मकालु  गाउँपालिका  १  र  ५  जोड्ने  अरुण  नदीको  पुल  पुनर्निर्माण  नहुँदा  स्थानीयले सास्ती पाएका छन् ।

नदी वारि र पारि तर्ने विकल्पसमेत नहुँदा आवत जावतमा समस्या परेको छ ।

नदी पार गर्न पुल भत्किएको क्षेत्रमा वैकल्पिक  व्यवस्थासमेत  नहुँदा  गाउँपालिकाको  केन्द्रसम्म   आउन   समस्या   रहेको   स्थानीय   बताउँछन् ।

मकालु   गाउँपालिका–५   नुम   बजारमा   रहेको  गाउँपालिकाको  केन्द्रसम्म  आउन  नहुँदा  समस्यामा   परेको   नागरिकको   दुखेसो   छ   ।

विभिन्न  योजना  तथा  कार्यक्रम  सम्झौता  र  सञ्चालन गर्ने समय भए पनि पालिकाको केन्द्र पुग्नै समस्या भएको मकालु गाउँपालिका–१ का चुनबहादुर राईको भनाइ छ ।

प्रत्येक  आर्थिक  वर्षको  दोस्रो  र  तेस्रो  चौमासिकलाई विकास अवधिका रूपमा नागरिकले लिने  गरेका  छन्  ।  

अरुण  नदीको  पुल  भत्किदा  विकास  निर्माणका  लागि  आवश्यक  सामग्री  गाउँसम्म  लैजान  समस्या  भएको  उपभोक्ता  समितिहरूको भनाइ छ ।

सिमेन्ट, ईट्टा, रडजस्ता सामग्री ल्याउन नसक्दा विभिन्न योजनाका काम रोकिएको  मकालु  गाउँपालिका–१  का  वडाध्यक्ष  वाङ्दी  शेर्पाले  बताए ।  सवारी  चालकको  लापरवाहीले  पुलमा  क्षति  पुगेपछि  दुःख  पाएको  वडाध्यक्ष  शेर्पाको  भनाइ  छ । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्