दोलखाको भीमेश्वर नगरपालिकामा सञ्चालित चरीकोट सहरी खानेपानी तथा सरसफाइ आयोजनामा निर्माण व्यवसायीले ढिलासुस्ती गर्नुका साथै गुणस्तरहीन काम र सामग्री प्रयोग गरिरहेको स्थानीयले गुनासो गरेका छन् ।
कमसल सामग्रीको प्रयोग गर्नुका साथै गुणस्तरहीन काम गरेको भन्दै निष्पक्ष परीक्षण गरेर आवश्यक कारबाही गरी मापदण्ड अनुसारको काम गर्न निर्माण व्यवसायीलाई सचेत बनाउनुपर्ने स्थानीयको माग रहेको छ ।
सन् २०१९ मार्च २९ मा ६३ करोड रुपैयाँमा आयोजनाको काम गर्ने गरी जेएन टीसीजी एमएसएनएस जेभीसँग ठेक्का सम्झौता भएको थियो ।
कोरोनाका कारण भन्दै दुई/दुई पटक म्याद थपे पनि आगामी चैत ९ गते म्याद सकिँदै छ ।
गारो काम अझै करिब २० प्रतिशत बाँकी रहेको छ । निर्माण व्यवसायीसँग परामर्शदाता बीडीए जेभी एन्ड उदय कन्स्ट्रक्सन मिलेको र आयोजनाले आँखा चिम्लिदिएकाले गुणस्तरहीन काम गरी ७५ प्रतिशत भुक्तानी पनि लिइसकेको स्थानीयको आरोप रहेको छ । गोरखापत्र दैनिकमा खबर छ ।