०५ असार २०८३, शुक्रबार

आयोजनामा निर्माण कम्पनीको लापरबाही

फागुन १०, २०७८
आयोजनामा निर्माण कम्पनीको लापरबाही
तस्वीर सौजन्य : गोरखापत्र दैनिक

दोलखाको   भीमेश्वर नगरपालिकामा  सञ्चालित  चरीकोट  सहरी  खानेपानी तथा   सरसफाइ   आयोजनामा   निर्माण   व्यवसायीले ढिलासुस्ती  गर्नुका  साथै  गुणस्तरहीन  काम  र  सामग्री प्रयोग गरिरहेको स्थानीयले गुनासो गरेका छन् ।

कमसल   सामग्रीको   प्रयोग   गर्नुका   साथै गुणस्तरहीन   काम   गरेको   भन्दै   निष्पक्ष   परीक्षण गरेर  आवश्यक  कारबाही  गरी  मापदण्ड अनुसारको काम  गर्न  निर्माण  व्यवसायीलाई  सचेत  बनाउनुपर्ने स्थानीयको  माग  रहेको  छ ।  

सन्  २०१९  मार्च  २९ मा  ६३  करोड  रुपैयाँमा  आयोजनाको  काम  गर्ने  गरी जेएन टीसीजी एमएसएनएस जेभीसँग ठेक्का सम्झौता भएको थियो ।

कोरोनाका  कारण  भन्दै  दुई/दुई  पटक  म्याद थपे  पनि  आगामी  चैत  ९  गते  म्याद  सकिँदै  छ ।

गारो  काम  अझै  करिब  २०  प्रतिशत  बाँकी  रहेको छ ।  निर्माण  व्यवसायीसँग  परामर्शदाता  बीडीए  जेभी एन्ड  उदय  कन्स्ट्रक्सन  मिलेको  र  आयोजनाले आँखा   चिम्लिदिएकाले   गुणस्तरहीन   काम   गरी ७५  प्रतिशत  भुक्तानी  पनि  लिइसकेको  स्थानीयको  आरोप रहेको छ ।  गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्